प्रदेश ५ मा स्वास्थ्य महाशाखाका अधिकारीलाई कोरोना संक्रमण

सामाजिक विकास मन्त्री सुदर्शन बरालकाे स्वाब लिइँदै।।

प्रदेश ५, सामाजिक विकास मन्त्रालयका एक अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार साँझ कोरोना पुष्टि भएपछि उनी शुक्रबार मन्त्रालयमा आएका छैनन्। संक्रमण पुष्टि भएसँगै ती अधिकारी होम क्वारेन्टाइनमा बसेका छन्।

मन्त्रालयका एक कर्मचारीका अनुसार उनी बिहीबार साँझसम्म मन्त्रालयकै कोरोना रोकथाम र सूचना अपडेटको काममा खटिएका थिए।

मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार सामाजिक विकास मन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब संकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय