कोरोना संक्रमणबाट विराटनगरका ३० वर्षे युवकको मृत्यु

विराटनगरमा थप एक संक्रमितको मृत्युु भएको छ।

विराटनगर महानगरपालिका १५ का ३० वर्षीय युवाको बिहीबार ४ बजे कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भए पनि शुक्रबार मात्र कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिएका छन्।

संक्रमित युवामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि बिहीबार बिहान अस्पताल भर्ना भएका उनको दिउँसो ४ बजे मृत्यु भएको थियो।

मृतकको पहिलो स्वाब परीक्षण नतिजा नेगेटिभ आए पनि चिकित्सकलाई शंका लागेर पुनः दोहो¥याएको दासले बताए। शुक्रबार बिहान आएको रिपोर्टअनुसार मृतकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो।

योसँगै विराटनगर महानगरमा मात्रै कोरोनाका कारण ज्यान गुुमाउनेको संख्या ६ पुुगेको छ भने प्रदेश १ भर कोरोनाले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। मृतक सबै मोरङ जिल्लाका हुन्।

शुक्रबारमात्रै कोशी अस्पतालमा सिरहा विष्णपुर–१ का ४० वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको थियो।

उनको बिहीबार साँझ मृत्यु भए पनि कोरोनाकै कारणले मृत्युु भएको बिहान मात्र पुष्टि भएको चिकित्सकले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय