लुम्विनी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनामा कोरोना पुष्टि

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ साउन ३० गते १०:३४

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा उपचाररत २ जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उनिहरु बुधबार प्यूठन र कपिलवस्तुबाट उपचारका लागि आएका व्यक्तिहरु हुन् । उनीहरुमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अस्पताललाई सेनेटाइज गरेर नियमित अवस्थामा ल्याइएको प्रवक्ता गौतमले बताए । उनका अनुसार सरकारले निर्धारण गरेको मापदण्डअनुसार अस्पताललाई सेनेटाइज गरिएको हो ।

दुवै बिरामीलाई आइसोलेशनमा राखेर उपचार थालिएको छ । उनीहरुमध्ये कपिलवस्तुबाट आएका बिरामी कपिलवस्तु अस्पतालबाट रेफर भएर आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय