बिराटनगरमा एकजना संक्रमितको मृत्यु

निमोनिया र स्वासप्रश्वास समस्याबाट ग्रस्त भएका सिराह विष्णुुपुर १ का ४० वर्षीय युवाको कोशी अस्पतालमा मृत्युु भएको छ। उनमा कोरोना संक्रमण पनि थियो।

अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मंगलार आइसोलेसनमा भर्ना भएका उनको बिहीवार साँझ मृत्युु भएको हो ।

स्वास्थ्यमा गम्भिर समस्या भएर आएका उनको पहिलो कोरोना भएनभएको एकिन नभएको र पछि पिसिआर परीक्षण पछि मात्र पत्ता लागेको चिकित्सले बताएका छन्। अस्पताल प्रशासनले उनको स्वाव परीक्षणका लागि प्रदेश जनस्वास्वास्थ्य ल्याबमा पुुर्याइएको थियो ।

यसअघि कोरोना संक्रमण भएका ४ व्यक्तिको कोशी अस्पतालमा मृत्युु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय