प्रदेश २ मा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश २ मा बुधबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनुषा र बारा गरी प्रदेश २ मा ६ जनाको मृत्यु भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार धनुषामा ७० वर्षीय पुरुष र ६५ वर्षीया महिला, बारामा ७८, ३८, ६५ र ५० वर्षीय चार पुरुषको मृत्यु भएको छ। बाराका मृतकमध्ये एकजनाको सनाखत हुनसकेको छैन।

प्रदेश २ मा हालसम्म ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये धनुषाका ६, महोत्तरीका दुई, सिरहाका एक,  सप्तरीका तीन, रौतहटका दुई, बाराका ६ र पर्साका १९ जना रहेको निर्देशनालयले जनाएको छ।

यता पछिल्लो २४ घन्टामा प्रदेश २ मा थप १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालयका तीन र मुख्यमन्त्री कार्यालयका एकसहित पछिल्लो २४ घन्टामा १ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो।

यसका साथै जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका दुई, जनकपुर उपमहानगरपालिकाका १४, धनुषाकै महेन्द्रनगर, घोडघास, धनुषाधाम नगरपालिका, महोत्तरीको लोहारपट्टी घरभई धनुषा बस्दै आएका १/१ र ठाउँ नखुलेको चार जना गरी २८ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी महोत्तरीको जलेश्वर नगरपालिकाका १७, महोत्तरी घरभई जनकपुर बस्दै आएका एकजना, बर्दिवास नगरपालिकास्थित जनसेवा अस्पतालका एक, बर्दिवास नगरपालिकाका दुई र ठाउँ नखुलेका एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सिरहाको सुखीपुरका एक र ठाउँ नखुलेको दुई जना गरी तीनजनामा संक्रमण पुष्टि भएको छ।

बाराको प्रसौनी र कलैयाका २/२, सिमरा, ठाउँ नखुलेको र बेबारिसे शव गरी १/१ तथा पचरौताका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पर्साको वीरगंज महानगरपालिकाका ३६, छिपहरमाइ नगरपालिकाका दुई र ठाउँ नखुलेको एकजना गरी ३९ जनामा संक्रमण पुष्टि भएको छ।

सर्लाहीको लालबन्दी नगरपालिकाका  र ठाउँ नखुलेको ३ जनामा संक्रमण पुष्टि भएको छ भने रौतहटको गौर नगरपालिकाका दुई, गुजरा नगरपालिका र ईशनाथ नगरपालिकाका ३/३, परोहा नगरपालिकाक चार, चन्द्रपुर नगरपालिकाका ५, सरौठाका १ र ठाउँ नखुलेको ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी सप्तरीको राजविराज नगरपालिकाक दुईसहित १२ जनामा संक्रमण पुष्टि भएको छ।

१५१ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ४२८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय