चिकित्सकलाई अस्थायी लाइसेन्स दिएर कोरोना संक्रमितको उपचार गराउन चिकित्सक संघको माग
कोरोना भाइरस( कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारमा एमबिबिएस र एमडी उर्तिण गरेका चिकित्सकलाई खटाउनको लाग नेपाल चिकित्सक संघले माग गरेको छ।
हाल चिकित्सकीय सेवा प्रवाहका लागि आवश्यक जनशक्तिको कमी हुँदै गइरहेको सन्दर्भमा संघको सो प्रस्ताव अघि सारेको हो।
बिहिबार एक विज्ञप्ती निकाल्दै संघले एमबिबिएस र एमडी उर्तिण गरेका लाइसेन्स परीक्षामा समावेश हुन नसेका चिकित्सकलाई कोभिड–१९ को अवधिभर कार्य गर्न सक्ने चिकित्सकलाई अस्थायी लाइसेन्स उपलब्ध गराउन मेडिकल काउन्सिल सँग अनुरोध गरेको छ।
‘कोरोना महामारीको अवधिभर अस्थायी लाइसेन्स उपलब्ध गराई स्वास्थ्य सेवा प्रवाहमा समावेश गराउन सकिएको खण्डमा हालेको महामारीसँग जुध्न केहि सहज हुने थियो, विज्ञप्तीमा भनिएको छ।’
त्यसैगरी, स्वास्थ्य सेवामा खटिएका चिकित्सको मनोवल उच्च पार्नका लागि विशेषज्ञ सुपरिवेक्षणमा फेलोसिप गराई सोको प्रमाणपत्र उपलब्ध गराउन समेत संघले माग गरेको छ।