१५ दिनका लागि काठमाडौं वडा नम्बर १४ शिल

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै काठमाडौं महानगरपालिकाको १४ नम्बर वडा शिल गरिएको छ।

बिहीबार बिहानदेखि अति आवश्याक सेवा खाद्यान्न,फलफुल,ग्यास र तरकारी पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाउने र सबैलाई घरभित्र रहन भन्दै वडाले कोरोना भाइरस संक्रमणको रोकथामका लागि भन्दै शिल गरेको हो।

समुदायमा कोरोना फैलिएकाले परिस्थिति सहन नहुन्जेलसम्मका लागि सर्वसाधारणकै आग्रहमा वडा शिल गरेका हौं, १४ नम्बर वडा अध्यक्ष सोभा सापकोटाले भनिन्,‘कोरोना भाइरसको संक्रमणको रोकमथामका लागि एक मात्रै विकल्प भएकाले वडा शिल गरेका हौं।’

वडा शिल गरिएको बारे टोलटोलमा जनप्रतिनिधि, नगर प्रहरी स्वयमसेवक तथा सर्वसाधारणले घरबाहिर ननिस्कन आग्रह गरेको छ।उनले स्थानीयवासीलाइ कुनैपनि अवस्थामा घर बाहिर ननिस्कन, एकाघरमा बसेका मानिसबाहेक अरु आफन्त नातेदार, साथीहरु कसैसँग सम्पर्क नगर्न, आउजाउ नगर्न, पाहुना हुन नजान र पाहुना नबोलाउन चाडबाड मनाउन आग्रह गरेको. जानकारी दिइन्।

महानगरका अन्य वडाको तुलनामा १४ नम्बरमा धेरै संक्रमण देखिएको भन्दै १५ दिनका लागि शिल गरिएको सापकोटाले जानकारी दिइन। १४ नम्बरमा अहिलेसम्म २९ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने संक्रमण बढ्ने अनुमान समेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय