कोरोना संक्रमितको शव व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको १३ सुझाव

कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले १३ वटा  सुझाव दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले शव व्यवस्थापनको लागि अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिए।

डा. गौतमका अनुसार शव व्यवस्थापन गर्दा कपडाले बर्ने, नाक, मुख, कानबाट आएको तरल पदार्थ रोक्नको लागि प्वालमा कपास राख्नुपर्ने, अन्येष्ठि कार्यमा संलग्न सबैले मास्क लगाउने, १ मिटरको भौतिक दुरी कायम गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरे।

यस्ता छन् शव व्यवस्थापनका १३  सुझाव
१. कारोना भाइरसको कारण मृत्यु भएको शवको परम्परागत चल्ती आए बमोजिक अन्त्येष्ठि गर्न शव र स्थानमा सावधानी अपनाई अन्त्येष्ठि गर्नुपर्दछ।

२. शवलाई कपडाले बेर्नु पर्दछ र नाक, मुख, कानबाट तरल पदार्थको चुवाहट रोक्नका लागि नाक, मुख, कानका प्वालमा कपास राखिदिनु पर्दछ।

३. अस्पताल, शव परीक्षण गृह, चिहान ,मैदान वा अन्त्येष्ठि गर्ने स्थानमा शवको व्यवस्थापनमा काम गर्न सबै व्यक्तिहरुको संक्रमण रोकथाम विधिहरु अपनाई सुरक्षा सामाग्रीहरुको प्रयोग गर्नुपर्दछ।

४. शव बाहन चालक, कर्मचारी, मलामी सबैले मास्क र सर्जिकल मास्कको प्रयोग गर्नुपर्दछ। शव बाहन नभएमा खट बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनु पर्दछ। शव छुने व्यक्तिले अनिवार्य रुपमा पानि नछिर्ने एप्रोन,पन्जा, सर्जिकल माक्स, चस्मा, गम बुट, लामो बाहुला भएको गाउन र जुत्ताको खोल प्रयोग गर्नु पर्छ।

५. मृत शरीरलाई सकेसम्म धेरै नचालउने।

६. यदि विरामीको मृत्यु घरमै भएको अवस्थामा, परिवारका सदस्यहरुले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरुले सजगता अपनाई अन्त्येष्ठि कार्य गर्नु पर्दछ। बच्चा र ६० वर्ष भन्दा माथिका व्यक्तिलाई समावेश गराउन हुँदैन।

७. मृतक शरीरलाई अन्त्येष्ठि गर्ने स्थानमा लगेपछि शव वाहन र स्ट्रेचरलाई ०.५ प्रतिशत सोडियम क्लोराइड वा ७० प्रतिशत इथानोल वा केही नभएमा साबुन पानीले सफा गर्नु पर्दछ।

८. अन्तिम संस्कार गर्ने स्थलमा कार्यरत व्यक्तिहरुलाई शवबाट कोभिड १९ को थप जोखिम हुँदै भन्ने कुराको जानकारी गराउनु पर्दछ।

९. अन्त्येष्ठि कार्यमा संलग्न सबैले नियमित रुपमा हात धुने मास्क लगाउने, पन्जाको प्रयोग गर्ने जस्ता सावधानि अपनाउनु पर्दछ।

१०. परिवार शुभेच्छुहरु कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिन्छ तर मुसार्न, अगालो हाल्न , चुम्वन गर्न हुँदैन।

११. अत्येष्ठि गर्ने स्थलमा ठुलो जमघट गर्नु हुँदैन। १ मिटरको भौतिक दुरी सबैले कायम गर्नु पर्दछ।

१२. अत्येष्ठिको कार्य सकिएपछि सबैले नुहाने हामी सबैको प्रचलन नै छ, तर पनि अत्येष्ठि स्थलबाट प्रस्थान गर्नु अघि सबैले साबुन पानिले हात धुनु पर्दछ।

१३. शव व्यवस्थापन रोकावट भएमा हटलाइन नम्बर ११४० मा सम्पर्क गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय