काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना, संक्रमित संख्या १ हजार ५ नाघ्यो

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा।जागेश्वर गौतमले काठमाडौंमा १११, ललितपुरमा ११, भक्तपुरमा ५ जनामा संक्रमण भएको बताए।

आज थपिएका सँगै काठमाडौं उपत्यकामा १ हजार ५ सय ८१ संक्रमित संख्या पुगेको छ। काठमाडौंमा १२८०, ललितपुरमा १९१ र भक्तपुरमा ११० संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

बुधबार देशभर ५ सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज थपिएका सहित नेपालमा कुल संक्रमित २४ हजार ९ सय ५७ पुगेको छ।
हालसम्म कोरोना संक्रमणबाट ९५ जना मृत्यु भएको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *