नेपाल फार्मेसी परिषदले सञ्चालन गर्ने नाम दर्ता परीक्षा स्थगित

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन २९ गते १५:२०

नेपाल फार्मेसी परिषदले सञ्चालन गर्ने नाम दर्ता परीक्षा स्थगित भएको छ । परिषद्ले बिहिबार एक विज्ञप्ती जारी गर्दै फार्मेसी सहायक तथा फर्मासिष्टहरुको परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

परिषदले भदौ १२ र १३ गते फर्मेसी सहायक तथा फर्मासिष्टहरुको परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले पुन जोरबिजोर प्रणाली लागू गरी अन्तरजिल्लाको पास समेत खारेज अस्थामा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै परिषद् स्थगित गरेका हो।

परिषद्को अनुसार अर्को सुचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय