अवैध मिर्गौला प्रत्यारोपण मुद्दाका आरोपी तीन चिकित्सकसहित १३ जना धरौटीमा छुटे

साउन २९– भरतपुर मेडिकल कलेजमा अवैध मिर्गौला प्रत्यारोपण गरेको घटनामा संलग्न तीन चिकित्सकसहित १३ आरोपीलाई ललितपुर जिल्ला अदालतले ५० हजारदेखि २० हजारसम्म धरौटीमा रिहा गरेको छ ।

प्रहरीले लामो अनुन्धानको आधारमा भन्दै मावन वेचविखनसम्बन्धी कानूनअनुसार कडा सजाय माग गर्दै मु्द्दा तयार गरेपनि अदालतले मानव अंग प्रत्यारोपण नियमन तथा निगमन गर्न बनेको ऐन आकर्षित हुने भन्दै सोही अनुसार गर्न आदेश दिएको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरले विज्ञाप्ति जारी गरेर मानव शरीरको अंग प्रत्यारोपण गरिएको घटनाको सम्बन्धमा शरीरको अंग प्रत्यारोपणसम्बन्धी कसुर मुद्दाका निम्म प्रतिवादीको धरौटीमा रिहा भएको जानकारी दिएको छ ।

यसपटकको मुद्दामा अदालतले नक्कली भान्जा बनेर अंग किनबेच गरेको आरोप लागेका व्यक्तिसँग समेत धरौटी माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय