वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्समा कोरोना संक्रमण

वीर अस्पतालको एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्समा संक्रमण देखिएको निर्देशक डा. केदार सेञ्चुरीले पुष्टि गरे।

डा. सेञ्चुरीका अनुसार उक्त नर्सको श्रीमानमा पनि संक्रमण पुष्टि भएको छ।  अस्पतालका कर्मचारीलाई संक्रमण थपिँदै गएपछि अस्पतालको सेवा प्रभावित बन्दै गएको छ।

उक्त नर्समा कुनै पनि लक्षण नभएकाले होम आइसोलेसनमा बसेको डा. सेञ्चुरीले जानकारी दिए।  बुधबार रेडियोलोजी विभागका एक चिकित्सकमा संक्रमण देखिएपछि दुई दिनको लागि विभाग नै बन्द गरिएको छ।

डा. सेञ्चुरीका अनुसार संक्रमितको सम्पर्कमा आएका कन्ट्रायक टे«सिङको काम भइरहेको छ। यसअघि नै अस्पतालका तीन चिकित्सकमा संक्रमण देखिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय