कोरोनाबाट प्रदेश २ मा ३८ सहित ९३ को मृत्यु, यस्तो छ पूर्ण विवरण

  • पर्सामा गयो १८को ज्यान

नेपालमा क्वारेनटाइनमा बस्नेको संख्या घटेसँग सुस्त भएको कोरोना संक्रमणको गति फेरी बढेसँगै मृत्युदर पनि बढेको छ ।

कोरोना भाइरस डिजिज –कोभिड –१९)बाट पछिल्लो २४ घण्टामा काठमाडौंमा ५ सहित १० जनाको ज्यान गएको छ ।

मन्त्रालयले तयार यो विवरण तयार पार्दासम्म बुधबार ८ जनाको मृत्यु भएकोमा आजै वीरगञ्ज र विराटनगरमा १/१ जना गरी जनाको ज्यान गएको छ । योसँगै मृतकको कुल संख्या ९३ पुगेको छ भने, एकै दिनमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

एकैदिन यति धेरै संख्यामा मृत्यु भएको बुधबार पहिलो पटक हो।

कोरोनाबाट पहिलोपटक सिन्धुपाल्चोकी २९ वर्षीय गर्भवतीको जेठ ४ गते मृत्यु भएको थियो । साढे २ महिनाको अवधिमा संक्रमणबाट मृत्यु हुने संख्या ९१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको बुधबार बेलुकीसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी प्रदेश २ मा ३८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

त्यसपछि बागमती प्रदेशमा १७ जना, प्रदेश ५ मा १२ जना, प्रदेश १ मा ९ जना, सुदुरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको छ।

त्यसैगरी, गण्डकी प्रदेशमा ६ र कर्णालीमा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

संक्रमणबाट मृत्यु हुनेमा ४९ दिनको शिशुदेखि ८५ वर्षसम्मका रहेका छन्।

उमेर अनुसार हेर्ने हो ५० वर्षभन्दा माथि मृत्यु हुनेको संख्या बढी रहेको छ।

मृत्यु हुनेमा अधिंकाशमा अन्य दीर्घ रोग समेत रहेको पाइएको छ । तर, कम उमेरका र कुनै रोग नभएकाहरुको पनि मृत्यु भएका घटना छन् ।

जिल्लागत आधारमा सबैभन्दा बढी पर्सामा मात्रै १८ जनाको कोरोनाकै कारण ज्यान गएको छ । विज्ञहरुले संक्रमण समुदायमा बढ्दै जाँदा मृत्युदर पनि बढ्नसक्ने चेतावनी दिएका छन् ।

पहिलो चरणमा संक्रमण विदेशबाट फर्केका र क्वारेन्टाइनमा बसेका युवाहरुमा केन्द्रीत रहेकोले पनि मृत्युदर कम भएको हो ।

तर, पछिल्लोपटक कन्ट्यांक हिड्री नभएकाहरुमा समेत संक्रमण चाप बढ्दै जाँदा दैनिक मृतकको संख्यासमेत बढ्दै गएको छ ।

अहिलेसम्म मृत्यु भएकामध्येको ठूलो संख्याको मृत्युपछि मात्रै भाइरस पोजेटिभ भएको पाइएको छ ।

सरकारले उपचारका लागि बेड संख्या अहिल्यै अभाव भइरहेको बताइसकेको छ ।

त्यसैगरी प्रयाप्त मात्रामा आइसियु, भेन्टिलेटर जनशक्तिको प्रवन्ध समेत नभएका कारणले पनि संक्रमण बढ्दै जाँदा अस्पतालमा भर्ना वा सही उपचार नपाएर पनि मृत्युदर बढ्नसक्ने त्रासमा विज्ञहरु छन् ।

यस्तो छ ९१ जनाको मृत्यु हुनेको पुरा विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय