अब सबै चिकित्सक/स्वास्थ्यकर्मी र जोखिम क्षेत्रका कामदारको पिसिआर परीक्षण अनिवार्य

सरकारले अस्पतालहरुमा काम गर्ने चिकित्सक/स्वास्थ्यकर्मी/ नर्सलगायतका फ्रन्टलाइनरको अनिवार्य पिसिआर परीक्षण गरेर मात्रै काममा खटाउन निर्देशन दिएको छ ।

त्यसैगरी ठूला सपिङ मल, रेष्टुरेन्ट र होटलका कामदारको पनि आफ्नै खर्चमा अनिवार्य कोरोना परीक्षण गराउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले छुट्टाछुट्टै विज्ञाप्तिमार्फत संक्रमण र जोखिम बढ्दै गएको भन्दै यस्तो निर्देशन दिएको हो ।

संक्रमण बढ्दै जाँदा अस्पतालहरुमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वस्थ राखेर नियमित स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाई हुन नदिनु सबैको जिम्मेवारी भएको उल्लेख गरेको छ ।

स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सक/स्वास्थ्यकर्मीबाट सर्वसाधारणहरुलाई संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइनमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीको अनिवार्य पसिआर परीक्षण गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

परीक्षण गरेर मात्रै काममा लगाउन पनि मन्त्रालयले सबै अस्पताललाई अनुरोध गरेको छ ।

त्यसैगरी संक्रमण बढ्दै गएको अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदी उद्योग व्यवसायमा संलग्न हुने भन्दै मन्त्रालयले परीक्षणका लागि आग्रह गरेको छ ।

मन्त्रालयले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीले परीक्षण गर्दा आफ्नै खर्चमा र अनिवार्य रुपमा पनि गर्नुपर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय