मेचीनगरमा एक हप्तासम्म लकडाउन गरिने

समुदायमा कोरोना संक्रमण देखिएपछि झापाको मेचीनगर नगरपालिकामा एक हप्तासम्म लकडाउन गरिने भएको छ।

आज राति १२ बजेदेखि भदौ ३ गतेसम्म मेचीनगर नगरपालिकाको पुरै क्षेत्रमा कडा लकडाउन गरिएको मेचीनगर नगरपालिकाले जनाएको छ।

नगरभित्रका अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल बन्द गर्ने  निर्णय भएको नगर प्रमुख विमल आचार्यले बताए।

अत्यावश्यक बाहेक सबै सवारी साधन संचालनमा रोक लगाइएको छ। कुनै काम विशेष सवारीसाधन चलाउनु परे नगरपालिकाको पास अनिवार्य गरिएको छ। वित्तीय संस्थाहरूको हकमा नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सञ्चालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ।

धार्मिक, सांस्कृतिक र  मृत्यु संस्कारलगायतका कार्यमा भीडभाड नगर्न र मलामीमा अधिकतम २५ जनामात्र सहभागी हुन पाउने निर्णय  नगरपालिकाले  गरेको छ।

डेरी, खाद्यन्न तथा सागसब्जी पसल पूर्ण स्वास्थ्य सुरक्षण विधि अवलम्वन गरी बिहान ८ बजेदेखि  १० बजेसम्म मात्र संचालन गर्ने निर्णय भएको नगर प्रमुख आचार्यले जानकारी दिए।

अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्वन्धित क्षेत्रहरु पूर्ण स्वास्थ्य सुरक्षा विधि अपनाएर नियमित रुपमा सञ्चालन गर्न सकिने  छ।

नगबासीहरु अत्यावश्यक काममादेखि बाहेक आफ्नो घरभित्रै सुरक्षित रुपमा बस्न नगरप्रमुख आचार्यले  आग्रह गरेका छन् । सामाजिक दुरी कायम गरी कृषि कार्य सकिने छ। नगरपालिकाको निर्णय नमाने कानुनी कारबाही हुने र त्यो तहसम्म पुग्न बाध्य नबनाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ।

आज समुदाय स्तरमा चार जना र हिजो एकै घरका दुई जनामा संक्रमण देखिएपछि नगरपालिकाले लकडाउन गरेको हो। उनीहरू सबै बाहिर कतै नगएका व्यक्ति हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय