थप ४८४ जना कोरोना, संक्रमित संख्या २४ हजार नाघ्यो

बुधबार देशभर ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २४ हजार ४ सय ३२ जना पुगेको बताए।

आज ७ हजार ६ सय १३ जना आइसोलेसनमा रहेका छन । बुधबार थप ६४ जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन। यो सहित १६ हजार ७ सय २८ जना संक्रमण मुक्त भएका छन। जुन कुल संक्रमित मध्ये ६८.४ प्रतिशत निको भएका छन।

मन्त्रालयका अनुसार आज क्वारेन्टाइनमा १४ हजार ८ सय ८६ जना रहेका छन्।  कोरोना संक्रमणको कारणले हालसम्म ९१ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय