वीर अस्पतालका चिकित्सक र सवारी चालकमा कोरोना संक्रमण, रेडियोलोजी विभाग सिल

वीर अस्पतालका एक चिकित्सक र सवारी चालकामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको रेडियोलोजी विभागका एक चिकित्सकमा संक्रमण देखिएको निर्देशक डा. केदार सेञ्चुरीले पुष्टि गरे।

त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीको गाडी चलाउने चालकमा समेत संक्रमण पुष्टि भएको छ। चिकित्सकमा संक्रमण देखिएपछि दुई दिनको लागि रेडियोलोजी विभाग सिल गरिएको डा. सेञ्चुरीले बताए।

अस्पतालका कर्मचारीलाई संक्रमण थपिँदै गएपछि अस्पतालको सेवा प्रभावित बन्दै गएको छ। यसअघि नै अस्पतालका दुई चिकित्सकमा संक्रमण देखिएको थियो। तीमध्ये एक त्रिवि शिक्षण अस्पतालमा र एक जना वीर मा उपचाररत छन्।

अहिले संक्रमण देखिएका वीर अस्पतालमा राखेर उपचार गर्ने तयारी भएको डा. सेञ्चुरीले बताए।  डा. सेञ्चुरीका अनुसार संक्रमितको सम्पर्कमा आएका कन्ट्रायक टे«सिङको काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय