काठमाडौंमा कोरोनाबाट थप २ को मृत्यु, संख्या ८६ पुग्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र पाटन अस्पतालमा एक–एक जनाको मृत्यु भएको हो।

जनकपुरका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे १२ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

गेलालका अनुसार उनलाई निमोनिया, झाडापखला र श्वासप्रश्वासको समस्या भएपछि साउन ५ गते अस्पताल भर्ना गरिएको थियो।  कोरोना परीक्षण गर्दा साउन ७ गते ती पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।

त्यसैगरी, पाटन अस्पतालमा ३८ वर्षीय महिला कोरोना संक्रमितको मृत्यु भएको उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए।
उनका अनुसार उनको गए राती १ बजे उपचारका क्रममा मृत्यु भएको हो। १८ गते अस्पताल भर्ना भएकी ती महिलामा इन्सेफ्लाइटिसको समस्या पनि थियो।

यो सहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या ८६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय