दूधे बालक छोडेर संक्रमितको सेवामा जुटेकी ज्योति

लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ इन्जार्च ज्योति पौडेल यतिबेला दुई महत्त्वपूर्ण भूमिकामा छन्। पहिलो भूमिका उनी काखे नानीकी आमा र कोरोना कहरको सामना गरिरहेको अस्पतालकी नर्सिङ प्रमुख हुन्।

एउटी आमाको रूपमा बच्चाभन्दा ठूलो महत्त्वपूर्ण कुरा के हुनसक्छ र? पेसागत रूपमा बिरामीको उपचार, स्याहार र हेरचाह उनको पहिलो जिम्मेवारी हो।

सहकर्मी र आफन्तहरू उनले यी दुवै भूमिका कसरी पूरा गर्न सकेकी छन् भनेर प्रश्न मात्रै गर्दैनन्, नर्सको जिम्मेवारीबाट केही समय बिदा लिन मिल्दैन भनी प्रश्न पनि गर्छन्।

त्यसो त ज्योतिको मनमा पनि यो प्रश्न नखेलेको होइन। ‘हो मेरो भूमिका अहिले दुवै क्षेत्रमा उत्तिकै महत्त्वपूर्ण छ भन्ने ठानेको छु, त्यति प्रेरणाबाट जन्मिएको आत्मबलले दुवै काम गरिरहेकी छु,’ ज्योतिले हेल्थपोस्टसँग भनिन्।

संसारकै लागि अहिलेसम्म नौलो रोग बनेको कोरोना भाइरसको प्रवेश नेपाल र त्यसमा पनि आफ्नै अस्पतालमा समेत आउन थालिसकेको थियो।

एकजना नयाँ बिरामी आउँदा पनि तनाव र डरले मन आत्तिन्थ्यो। ‘दूधे बच्चा छ, स्तनपान नगराई पनि हुन्न गराउन पनि उत्तिकै डर छ,’ ज्योति सुनाउँछिन्।

उनकी ५ वर्षकी ठूली छोरीलाई भने उनले सुरुदेखि नै मामाघरमा राखिन्। तर, दिनभर आइसोलेसन वा क्वारेन्टाइनको ड्युटी गरे पनि छोरीलाई स्तनपान गराउन जानुको विकल्प थिएन।

आमको मन न हो, ड्युटी सकेर घर पुग्नासाथ रोइरहेकी छोरीलाई तत्काल काखमा राख्न मनलाग्छ। तर त्यति सहज अवस्था कहाँ छ र अहिले?

‘अहिले पनि कम्तीमा दुईपटक समय मिलाएर स्तनपान गराउँछु तर समय तालिका मिल्दैन।’
‘अस्पतालबाट जाँदा होस् या सुरु–सुरुमा आफ्नै बच्चालाई काखी च्याप्दा पनि मन चिसो हुन्छ,’ उनले आफ्ना व्यथा पोखिन्। त्यसो त उनी अस्पतालको काम गर्दा होस् या काम पछि घर फर्किंदा पल–पलमा सजग हुन्छिन्।

आमको मन न हो, ड्युटी सकेर घर पुग्नासाथ रोइरहेकी छोरीलाई तत्काल काखमा राख्न मनलाग्छ। तर त्यति सहज अवस्था कहाँ छ र अहिले?

‘घरमा पुगेर नुवाइधुवाइ गर्र्छु, अस्पतालमा लगाएको लुगा कोठा बाहिर नै फुकाल्ने र धोएर मात्र बच्चा समाप्त जान्छु,’ उनले भनिन्।

यो उमेरका बच्चालाई कति स्याहार चाहिन्छ भन्ने ज्ञान उनलाई राम्रोसँग छ। तर ज्ञानभन्दा धेरै पर पेसागत र घरायसी बाध्यताले उनले बच्चालाई पर्याप्त समय दिन पाएकी छैनन्।

‘सामान्य अवस्थामा अफिस समय १० देखि ५ सम्म हुन्थ्यो, तर अहिले तालिका हैन, काम र बिरामीको संख्याले घर जाने समय निर्धारण गर्छ,’ उनले सुनाइन्।

इन्चार्जको समेत जिम्मेवारीमा रहेकाले उनी तोकिएकै ड्युटी सकिनेबित्तिकै हिँड्छु भन्न नसक्ने अवस्थामा हुन्छिन्।

बसाइ अस्पतालकै क्वाटरमा भएकाले अलि सहज छ। तर संक्रमणको डर भएकाले फुर्सद हुनासाथ कोठामा जान्छु भन्न मिल्दैन। उनी काममा खटिँदा सानी छोरीको धरालो नन्द हुन्छिन्। परिवारले पनि सुरु–सुरुमा छोरीको सुरक्षालाई ध्यानमा राखेर मिल्छ भने बिदा लिन सल्लाह दिए पनि अहिले पूर्ण रूपमा सहयोग पाएको ज्योति बताउँछिन्।

अस्पतालको क्वाटरबाट माइती (बुटवल वेलवास) पनि धेरै टाढा नभए पनि दुई महिनादेखि जान पाएकी छैनन्। ‘महामारी सुरु भएपछि अहिलेसम्म एकदिन पनि बिदा लिएकी छैनन्,’ उनले सुनाइन्।

बिरामी भएर आएपछि त्यही स्वास्थ्यकर्मी भगवान् हुने, अहिले आफूलाई संक्रमण छैन भने चाहिँ नर्स छुन नहुने व्यक्ति जस्तो व्यवहार गर्दछन्,’

सेवायात्रा
ज्योतिले अस्पतालमा काम थालेको साढे ५ वर्ष भयो। त्यसअघि डेढ वर्ष बुटवलको एडभान्स नर्सिङ कलेजमा स्टाफनर्सलाई पढाउँथिन्। २०७१ सालमा लोकसेवा आयोगबाट नर्सिङ अधिकृतको सातौं तहमा नाम निकालेकी थिइन्।

त्यसपछि अस्पतालमा सेवा जारी छ। सुरुमा उनी प्रादेशिक अस्पतालको वार्ड इन्चार्ज थिइन्। ०७६ सालदेखि भने अस्पतालको नर्सिङ इन्चार्जका रूपमा काम गर्दै आएकी छन्।

आइओएमअन्तर्गत महाराजगन्जस्थित नर्सिङ क्याम्पसबाट २०६९ सालमा बिएस्सी नर्सिङ पूरा गरेकी उनी सुरुमा शिक्षा र सेवा क्षेत्रमा जोडिएकी हुन्।

ज्योति कपिलवस्तुको तौलिहवाको सनसाइन बोर्ङिडबाट स्कुले शिक्षा लिएकी थिइन्।

बढ्दै छ नर्सको महत्त्व
महामारी बढ्दै जाँदा नर्सलगायत स्वास्थ्य जनशक्तिको महत्त्व झन् बढेको छ। त्यसमा पनि बिरामी निको हुनुमा धेरै भूमिका नर्सकै हुन्छ।

तर, समाजले यति ठूलो महामारीमा काम गर्ने जनशक्तिलाई मायाभाव नदेखाउँदा ज्योतिको मन कुँडिन्छ। ‘बिरामी भएर आएपछि त्यही स्वास्थ्यकर्मी भगवान् हुने, अहिले आफूलाई संक्रमण छैन भने चाहिँ नर्स छुन नहुने व्यक्ति जस्तो व्यवहार गर्दछन्,’ उनले भनिन्।

त्यसो त उनीहरू आफंैले पनि भेदभावको महसुस गरेका छन्। ‘हामी नर्सहरू पुनः प्रयोग गर्न सकिने पिपिईका लागि पसलमा कपडा हेर्न गएका थियौं, त्यहाँ पसलको व्यक्ति र अरुले तपार्इंहरू त अस्पतालबाट आउनुभएको होइन? अहिले जानुस् हामी आफैं अस्पताल नै आएर देखाउँछु भनेर फर्काइदिए,’ उनी सम्झिन्छन्।

केही दिनअघि मात्रै काठमाडौंबाट आएकी नर्सलाई पिसिआर रिपोर्ट नल्याई घरभित्र नछिराउने भन्यो भनेर पिसिआर गर्न आएको उनले बताइन्।

‘मेरै सहकर्मी नर्स संक्रमित भइन् होम आइसोलेसनमा बस्छु भन्दा पनि घरपरिवारले नै मानेनन,’ उनले भनिन्, ‘उनी अस्पतालकै ओइसोलेसनमा बसेकी छन्।’

सेवासुविधाका कुरा
ज्यानै जोखिममा राखेर काम गरेका नर्सको मनोवल बढाउन सरकार उदासीन भएको बुझाइ उनको छ।

अहिले पनि सबै नर्सले जोखिमभत्ता नपाउनु त्यसको ज्वलन्त उदाहरण हो। ‘हामै्र साथीहरूले एक महिनाको जोखिम भत्ता पाए, तीन महिनाको पाएका छैनन्,’ उनले भनिन्।
यसै पनि नर्सलाई गरिने व्यवहार र नीति राम्रो छैन्। त्यसमा पनि अहिले समाजसमेत भेदभाव गरिरहेको छ।

तर पनि कामबाट खुसी र सन्तुष्ट मिलेको उनी बताउँछिन्। ‘नर्सलाई अहिले पनि डाक्टरका सहयोगी मात्र हुन् उनीहरूलाई केही आउँदैन भन्ने सोच छ, जुन एकदमै गलत हो,’ उनी थप्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय