उपचाररत कोराना संक्रमित जनकपुरका पूर्वमेयर गिरीको मृत्यु

कोरोना संक्रमणबाट जनकपुरको रामा होटलका सञ्चालक तथा पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ।

७२ वर्षीय गिरीको उपचारको क्रममा काठमाण्डौंको मेडिसिटी अस्पतालमा मंगलबार राति मृत्यु भएको हो।

२० दिनअघि जनकपुरस्थित घरको शौचायलयमा एक्कासी बेहोस भएर लडेपछि गिरीलाई प्लेन चार्टर गरेर उपचारको लागि काठमाण्डौं लगिएको थियो।

मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि उनलाई आइसोलसनमा राखिएको थियो। उपचारकै क्रममा मंगलबार राति उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपाली कांग्रेस प्रजातान्त्रिकका कोषाध्याक्षसमेत रहिसकेका गिरी उक्त रक्तचाप, मधुमेयलगायतका रोगबाट ग्रस्त थिए।

गिरीको निधिनप्रति नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले समवेदना व्यक्त गरेका छन्।

गिरीको निधनबाट नेपाली कांग्रेसका साथै जनकपुरले ठूलो क्षति ब्यहोर्नु परेको निधिले बताएका छन्।

आमनागरिकको कठिनाइ र दुःखप्रति सदैव चासो राख्ने गिरीको निधनले आफूसहित सम्पूर्ण पार्टी मर्माहत भएको निधिले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय