बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका दुईजनाकाे मृत्यु

बुटवलको कोरोना अस्पतालमा उपचारको क्रममा दुइजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुबै जना कपिलवस्तुका हुन्। मृत्यु हुनेमध्ये एक जना कोरोना संक्रमित हुन भने अर्का शंकास्पद विरामी हुन्।

कपिलवस्तु नगरपालिका वडा नं. २ का ४२ बर्षका कृष्ण कुमार गुप्ता र अर्का कृष्ण नगरका प्रदीप तेलीको उपचारको क्रममा विहान मृत्यु भएको हो।

उनीहरूको बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
कपिलवस्तु नगरपालिका २ का गुप्ता २५ गते भर्ना भएका थिए । उनको विहान ४ः३० बजे मृत्यु भएको हो। उनी कोरोना संक्रमित हुन्।

तर तेली भने गए राती १२ बजे भर्ना भएकोमा विहान २ बजे मृत्यु भएको हो। उनको पिसिआर टेष्ट भइनसकेको लुम्विनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय