प्रदेश ५ मा आयुर्वेदिक औषधी उत्पादन

डा. पुष्पराज पौडेल

प्रदेश ५ का आयुर्वेद चिकित्सालयहरुले आयुर्वेदिक औषधीको उत्पादन गरिरहेको छन् । प्रदेश ५ सरकारले उपलब्ध गराएको बजेटबाट आयुर्वेदिक चुर्णजन्य औषधीहरु उत्पादन गरिरहेको उनिहरुको भनाइ छ । अबका बर्षमा ति औषधीको उत्पादन बढाउने र त्यसलाई ब्रान्डिङ र लेवलिङ गर्ने योजना रहेको प्रदेश सरकारले बताएको छ ।

प्रदेश ५ सरकारको २०७७/७८ को नीति कार्यक्रममा लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरुलाई नमुना चिकित्सालयको रुपमा विकास गदै आयुर्वेदिक अस्पतालहरुलाई प्रदेशको लागि आवश्यक आयुर्वेद औषधी उत्पादन केन्द्रको रुपमा विकास गरिने उल्लेख छ ।

आर्थिक बर्ष २०७६/७७ मा बुटवल र दाङमा रहेको दुई आयुर्वेदिक चिकित्सालयहरुले ६८ क्वीन्टल ७६ किलो विभिन्न गुणका चुर्ण उत्पादन गरेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुटवलको लुम्बिनी आयुर्वेद चिकित्सालयले आर्थिक बर्ष २०७६/७७ मा ३० क्वीन्टल ४० किलो र दाङको विजौरीमा रहेको प्रोदेशिक आयुर्वेद चिकित्सालयले ५६ क्वीन्टल ३५ किलो चुर्ण उत्पादन गरेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका डा. पुष्पराज पौडेलले बताए ।

उनका अनुसार त्यसरी उत्पादन गरेका चुर्णमा त्रिफला चुर्ण, अभिपतिकर चुर्ण, दशमुलक चुर्ण, अश्वाधर चुर्ण, शितोपलाजी चुर्ण, गुडुची चुर्ण लगायत छन् ।

आयुर्वेद चिकित्सालयहरुलाई औषधी उत्पादनका लागि प्रदेश ५ सरकारले बजेट उपलब्ध गराउने गरेको छ । लुम्बिनी आयुर्वेदलाइ गत आर्थिक बर्षमा त्यसका लागि १५ लाख रुपियाँ उपलब्ध गराएको थियो भने विजौरीको प्रादेशिक आयुर्वैद चिकित्सालयलाई पनि ३५ लाख बजेट उपलब्ध गराएको थियो ।

डा. पौडेलले प्रदेश सरकारले सुविधासम्पन्न कुशल औषधी निर्माण आचारसंहिता अनुसार विजौरीमा भवन बनाउन लागेको बताए । उनका अनुसार उक्त भवन वनेपछि त्यसलाई औषधी उत्पादन केन्द्रको रुपमा काम अघि बढनेछ ।

आयुर्वैद चिकित्सालयले उत्पादन गरेका ति औषधीहरु पालिकाहरुमा रहेका औषधालयहरुमा समते पठाउने गरिएको छ ।

बुटवलको लुम्बिनी आयुर्वेद चिकित्सालयले पाल्पा, गुल्मी, अर्घाखाँची र नवलपरासीसम्म औषधी पठाउने गरेको चिकित्सालयका प्रमुख डा. नदिननाथ तिवारीले जानकारी दिए ।

उनले चिकित्सालयले करिब ६५ प्रतिशत औषधी बाहिर पठाउने गरेको बताए । यस बर्षका लागि १० लाख बजेट प्रदेश सरकारले उपलब्ध गराएको उनको भनाइ छ । अब हामी प्याकेजिङ र लेबलिङ गर्नेतर्फ लाग्दैछौं डा. तिवारीले भने, खपत बढी हुने औषधी आफै गछौं ।

प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरीका प्रमुख डा. रामकामेश्वर ठाकुरले उत्पादित औषधीमध्ये ३० प्रतिशत चिकित्सालयमा र ७० प्रतिशत जिल्लाका औषधालयहरुमा खपत भएको बताए ।

उनका अनुसार चिकित्सालयको हाताभित्र करिब ३ करोडको लागतमा औषधी उत्पादनका लागि भवन बन्ने प्रक्रिया शुरु भइसकेको छ । पिपिआर तयार भएपछि ठेक्काको सम्झौतासमेत भइसकेको उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय