कपिलवस्तु अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना, इमरजेन्सीबाहेक सबै सेवा बन्द

साउन २७– स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि कपिलवस्तु जिल्ला अस्पतालका अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लले बताए ।

आइतबार अस्पतालका एक नर्सिङ कर्मचारी, एक ल्याबका कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसरी कोरोना पुष्टि हुनेमा ३ पुरुष र २ महिला गरि ५ जना छन् ।

अस्पतालको आन्तरिक बैठकले संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सीबाहेका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

हालसम्म कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा कार्यरत एक नर्स दुई महिनाअघि संक्रमित भएकी थिइन् ।

उनी कोरोनालाई जितेर काममा फर्किसकेकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय