कोरोना संक्रमितको लागि बेड अभाव भयो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमितको लागि बेड अभाव भएको जनाएको छ। कोरोना संक्रमितको संख्या दिन–दिनै वृद्दि हुँदै जाँदा बेड अभाव भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

लक्षण देखा नपरेका संक्रमितले सावधानिका उपाय अपनाएर घरमा बस्न सकिने डा. गौतमले बताए। ‘कोरोना नियन्त्रण, रोकथाम गर्नका समुदायका सबै व्यक्तिहरुको जिम्मेवारी महत्वपुर्ण हुन्छ, डा. गौतमले भने,‘संक्रमण वृद्दिलाई सरकारको मात्रै काम भन्ने नठानी सर्वसाधारणको साथ–सहयोग चाहिन्छ।’

मगंलबार थप ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका सँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ।

हालसम्म कोरोना संक्रमणको कारण ८३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय