हालसम्म १२३ पुरुष र ६० जना महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

कोरोना भाइरस ( कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका हालसम्म १८३ जना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार १२३ जना पुरुष र ६० जना महिला स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा बढी प्रदेश २ मा स्वास्थ्यकर्मी संक्रमित भएका छन्। प्रदेश २ मा ५८ पुरुष र २० महिला गरी ७८ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशका १४ पुरुष र १३ महिला गरी २७ जना संक्रमित भएका छन्। त्यसैगरी,कर्णाली प्रदेशमा १६ पुरुष र ६ महिला गरी २२ जना, गण्डकी प्रदेशमा १४ पुरुष र ६ महिला गरी २० जना र बागमती ८ पुरुष र ८ महिला गरी १६ जना स्वास्थ्यकर्मीमा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय थपिदैँ गएको संक्रमणले स्वास्थ्यकर्मीको अभाव हुन थालेको अस्पतालले जनाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय