थप ४ जना कोरोना संक्रमणबाट मृत्यु, संख्या ८३ पुग्यो

कोरोना संक्रमणको कारणले थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले धनुषाका २ जना, काभ्रेका १ जना, र सिन्धुपाल्चोकका १ जना संक्रमणको कारणले मृत्यु भएको बताए।

मृत्यु हुनेमा धनुषा जिल्ला विरोह नगरपालिका वडा नं ८ का ६० वर्षका पुरुष रहेका छन्। उनको साउन २६ गते राती १० बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मृत्तक क्षयरोगीका बिरामी समेत रहेका थिए। निमोनियाको समस्या भई साउन ८ गते अस्पताल पुर्याइएका उनी आइसियुमा उपचाररत थिए।  धनुषा जिल्ला मिथिला विहारी नगरपालिका वडा नं ५ निवासी विनयतारा फाउण्डेशनमा काम गर्ने (क्यान्सर अस्पताल) जनकपुरमा काम गर्ने ५० वर्षे पुरुषको मृत्यु भएको छ।

उनको साउन २५ मा मृत्यु भएको डा. गौतमले बताए। मृत्यु पश्चात स्वाब संकलन गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। झाडा पखाला लागी मोटरसाइकलमा अस्पताल लैजादैं गर्दा बाटोमा वेहोश भई लडेको र अस्पतालमा पुर्याउँदासम्म उनको मृत्यु भइसकेको थियो।

त्यसैगरी, काभ्रे जिल्ला पांचखालका ५० वर्षका एक महिलाको मृत्यु भएको छ। साउन २५ मा निमोनियाको लक्षण भई उनी अस्पताल पुगेकी थिइन। उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

उपचारको क्रममा साउन २७ मा किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो। उनी फोक्सो तथा पित्तथैलीको सम्बन्धि रोगबाट ग्रसीत थिइन।

सिन्धुपाल्चोक जिल्ला बाह्विसे नगरपालिका वडा नं ४ निवार्सी ८४ बर्षिय पुरुषको मृत्यु भएको छ। उनी मुटु तथा मृर्गौला सम्बन्धि समस्या लिई साउन २१ मा मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पतालमा भर्ना भएका थिए।

मन्त्रालयका अनुसार उनको साउन २२ मा मृत्यु भएको थियो। मृत्यु पश्चात परीक्षण गर्दा उनको ५ दिनपछि अर्थात( साउन २७) मा कोरोना पुष्टि भएको छ।  यो सँगै नेपालमा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय