उपत्यकामा थप १३४ जनामा कोरोना, संक्रमित संख्या १३ सय नाघ्यो

पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १३४ जनामा संक्रमण पुष्टि भएको बताए।
उनका अनुसार मंगलबार काठमाडौंमा ११० जना, भक्तपुरमा ८ जना, ललितपुरमा १६ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ।

मंगलबार देशभर ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित संख्या २३ हजार ९ सय ४८ पुगेको डा. गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय