थप ६ सय ३८ जनामा कोरोना संक्रमण

मंगलबार देशभर ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको बताए।

आज ७ हजार २ सय १ जना आइसोलेसनमा रहेका छन ।  मंगलबार थप १७१ जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन। यो सहित १६ हजार ६ सय ६४ जना संक्रमण मुक्त भएका छन। जुन कुल संक्रमित मध्ये ६९ प्रतिशत निको भएका छन।

कोरोना संक्रमणको कारणले ७९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय