बिपी प्रतिष्ठानको बहिरंग सेवा अनिश्चितकालका लागि बन्द

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन २७ गते १४:२९

 

साउन २७-धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चित्कालका लागि ओपिडी सेवा बन्द गरिएको छ । आज प्रतिष्ठानले एक प्रेश बिज्ञपति  जारीगर्दै कोभिड १९ को संक्रमण भन्दै भोलिदेखी बहिरंग सेवा बन्द गरेको जानकारी दिएको हो ।

सहायक अस्पताल निर्देशक डाक्टर बिकास साहका अनुसार सुनसरी जिल्ला प्रशासनको निषेधाज्ञा र धरान उपमहानगरपालीकाको लकडाउनलाइ मध्य नजर गर्दै बिपिको सेवा बन्द गरिएको हो ।

प्रतिष्ठानमा कार्यरत२ चिकित्सक र उनका परिवारमा कोरोना संक्रमण पुष्टि भइ सकेको छ ।

प्रदेश एकको भरपर्दो स्वास्थ सस्था अनिश्चितकालका लागि बन्द भएपछी दैनिक सेवा लिन आउने सयौ सर्वसाधारण समस्यामा परेका छन ।

बिपी मा कोरोना सन्क्रमित उपचार गर्ने एक सय बेडको आइसोलेटेड उपचार केन्द्र अलग्गै छ भने पिसिआर ल्याब समेत सन्चालनमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय