घरमा रहेका संक्रमितको निगरानीमा स्वयंसेविका परिचालन, दैनिक भत्ता १० हजारसम्म

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालका बेड भरिभराउ भएका छन्। सरकारले लक्षण नभएका वा अस्पतालमा राख्न नपर्ने संक्रमितलाई होम आइसोलेसन गरेर राख्न सक्ने मापदण्ड बनाएको छ।

होम आइसोलेसनमा बसेका संक्रमितको अनुगमन, उपचारका लागि स्वास्थ्यकर्मीलाई परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जस अनुरुप स्थानीय तहमा मातहतमा रहेका महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले बताए।

‘सम्बन्धित स्थानीय तहको निगरानीमा होम आइसोलेसनमा बस्न सक्ने व्यवस्था गरेका छौ, डा. अधिकारीले भने, संक्रमितको निगरानी र स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि स्वास्थ्यकर्मी परिचालन हुनेछन्।’

एक जना स्वास्थ्यकर्मीले होम आइसोलेसनमा बसेका ५० जना संक्रमितको निगरानी गर्नुपर्ने हुन सक्छ।  एक जना संक्रमित हेरेबापत स्वास्थ्यकर्मीलाई दैनिक २ सय दरले पारिश्रमिक उपलब्ध हुने डा. अधिकारीले बताए।

‘स्थानिय तहमा भएका डाक्टर वा नर्सले मात्र संक्रमितको निगरानी गर्ने सक्ने अवस्था नहुन सक्छ । ज्वरो मापन, तथा साधारण स्वास्थ्य चेक जाँचको लागि महिला स्वयंसेविका परिचालन गर्ने सोचका साथ निर्देशिका बनाएका छौ, डा. अधिकारीले भने।

सुरक्षाको मापदण्ड अपनाएर घरका सदस्यले पनि संक्रमितको दिनमा ३ पटक सम्म स्वास्थ्य परीक्षण गर्न सकिने छ।

एक जना स्वास्थ्यकर्मीले होम आइसोलेसनका संक्रमितको फलोअप गर्दा ५० जनाको २०० का दरले दैनिक १० हजारसम्म भत्ता लिन सक्ने देखिएको छ।

संक्रमितको फलोअफमा खटाइएका स्वास्थ्यकर्मीले फोन, एसएसएस वा घरमा गएर स्वास्थ्य अवस्थाको जानकारी लिनुपर्ने छ।

‘दिनमा कम्तिमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्ने छ, डा. अधिकारीले भने,‘ नियमित रुपमा स्वास्थ्यकर्मीले सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनुपर्छ।’

हाल देशभर ५२ हजारको हाराहारीमा महिला स्वास्थ्य स्वयंसेविका छन्।

महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीले होम आइसोलेसनमा रहेका संक्रमितले नियम पालना गरेको वा नगरेको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय