काेराेना कहर : भारतमा एकै दिन ८ सय ८७काे मृत्यु, ५३ हजार संक्रमित

कोरोनाबाट चौबिस घण्टामा सबैभन्दा धेरै मृत्यु र संक्रमित भारतमा

भारतमा बितेको चौबिस घण्टामा ५३ हजार १६ जना नयाँ संक्रमित फेला परेका छन् भने ८ सय ८७ जनाको मृत्यु भएको छ।

संक्रमित र मृत्यु हुने यो संख्या अमेरिका र ब्राजिलभन्दा धेरै हो।

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ३ सय ५३ पुगेको छ भने २२ लाख ६७ हजार १ सय ५३ जना संक्रमित छन्।

अमेरिकामा एकदिनमा कोरोना संक्रमणका कारण ५ सय ६९ जनाको मृत्यु भएको छ भने ४९ हजार ७ सय ७० जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा मंगलबार बिहानसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६६ हजार १ सय ९२ जना पुगेका छन्, भने संक्रमितको संख्या ५२ लाख ५१ हजार ४ सय १६ जना छन्।

त्यस्तै चौबिस घण्टामा ब्राजिलमा कोरोनाका कारण ७ सय २१ जनाले ज्यान गुमाएका छन्। भने २१ हजार ८ सय ८८ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

ब्राजिलमा हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख १ हजार ८ सय ५७ पुगेको छ भने ३० लाख ५७ हजार ४ सय ७० जना संक्रमित रहेका छन्।

मेक्सिकोमा एक दिनमा संक्रमणबाट २ सय ९२ जनाको मृत्यु भएको छ भने ४ हजार ३ सय ७६ जना नयाँ संक्रकमित थपिएका छन्।

मेक्सिकोमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ हजार २ सय ९८ पुगेको छ भने ४ लाख ८० हजार २ सय ७८ जना संक्रमित रहेका छन्।

विश्वका विभिन्न देशमा एकैदिन २ लाख ९ हजार ८ सय ३ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ।

विश्वभरि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ९ सय जना पुगेको छ भने २ करोड २३ लाख ८ हजार ९ सय २६ जना संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय