उपत्यकामा थप ४४ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४४ जनामा संक्रमणमा थप ४४ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमण देखिएको हो।

यो सँगै काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ जनामा संक्रमित पुष्टि भएको छ। सोमबार देशभर ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यो सँगै नेपालमा कुल संक्रमित २३ हजार ३ सय १० जना पुगेका छन्।

सोमबारसम्म कोरोना संक्रमणको कारण ७९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय