थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्तक संख्या ७९ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। बाँके कोहलपुर नगरपालिका वडा नं २ बस्ने ७० वर्षिया एक महिलाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उच्च रक्तचाप तथा परालाइसिसकी बिरामीको निमोनियाको तथा सेप्टीक सक भइ साउन २३ मा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन।

सोही दिन बिरामीको स्वाब संकलन गरिएको थियो। अस्पतालमा उपचारको क्रममा साउन २५ दिउँसो ३ः१० मा निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

पर्सा जिल्ला वेदियाहीका ४५ वर्षकी एक महिलाको पनि साउन २५ मा मृत्यु भएको छ। नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो। मृत्तक उच्च रक्तचाप तथा हाइपोथाइराडिजमकी बिरामी रहेकी थिइन। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएको मन्त्रालयले जनाएको छ। मृत्युपछि स्बाव संकलन गरी परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो।

त्यसैगरी, काठमाडौं–बानेश्वर बस्ने ७६ वर्षिय एक पुरुषको साउन २६ मा मेडिकेयर अस्पतालमा संक्रमणले निधन भएको छ ।श्वासप्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भई उनी साउन २३ मा भेन्टिलेटरमा उपचाररत थिए। मृत्तकमा निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको समस्या भएको मन्त्रालयले जनाएको छ।

काठमाडौं–किर्तिपुर बस्ने ६४ वर्षिय पुरुषको साउन २६ मा निधन भएको छ। मृगौलाका दीर्धरोगी रहेका उक्त पुरुष असार ३१ गते देखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। उनको साउन ५ गते नै कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोराना संक्रमणले ७९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय