थप ३ सय ३८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २३ हजार नाघ्यो

सोमबार देशभर ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  ८ हजार ४ सय ३२ जनाको परीक्षण गरिएको मध्ये ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय १० जना पुगेको बताए।

सोमबार ६ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् । हाल १० हजार ७५९ जना क्वारेन्टाइनमा रहेका डा. गौतमले बताए।

सोमबार थप १४० जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन्। यो सहित १६ हजार ४ सय ९३ जना संक्रमण मुक्त भएका छन् । जुन कुल संक्रमित मध्ये निको हुने प्रतिशत ७०.७ हो।

कोरोना संक्रमणको कारणले ७९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय