कर्णालीमा थपिए २४ संक्रमित

पछिल्लो २४ घन्टामा कर्णालीमा थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परिक्षणमा थप २४ जनामा कोरोना देखिएको हो।

सोमबार कर्णालीमा दुई सय ८६ जनाको परीक्षण गरिएको थियो। कोरोना संक्रमण भएकाहरु मध्य दैलेखका १७ जना रहेका छन्। यस्तै सल्यानका ६ जना र सुर्खेतका एकजना छन्।

त्योसँगै कूल संक्रमितको संख्या दुई हजार तीनजना पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए।

कूल संक्रमित मध्ये हालसम्म एक हजार आठ सय ८० जना संक्रमणबाट निको भइसकेका छन्। कुल संक्रमण पुष्टि भएका मध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। एक सय १७ जना कोरोना संक्रमणका सक्रिय बिरामीको प्रदेशका विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय