परिवार छोडेर, ज्यान मायाँ मारेर सेवा गरेको पुरस्कार यही हो?

केही दिनदेखि निजी अस्पताल तथा मेडिकल कलेजले बिरामी भर्ना गर्न मानेका थिएनन्।  नारायणी अस्पतालमा स्वास्थ्यकर्मी ४५ भन्दा बढी कोरोना संक्रमित भएको अवस्थामा आकस्मिकबाहेक अन्य सेवा दिन सकेका छैनौं।

डाक्टर, नर्स, कर्मचारी अभाव भएपछि सेवा सुचारु गर्न सकिएको छैन। जसका कारण हामीले प्रसुती विभाग नै सिल गर्नुपरेको अवस्था छ। जति पनि श्वासप्रश्वासका समस्या आएका वा ज्वरो आएका बिरामी छन् तिनलाई निजी अस्पतालमा कोरोना संक्रमित हो भनेर पिसिआर रिपोर्ट नदेखाई भर्ना गर्न नदिइएको अवस्था छ।

पिसिआर रिपोर्ट देखाउनुस् भन्दै गेटमा सोध्ने र छैन भनेपछि छिर्न नदिने खालका काम भएका छन्। जसका कारण तीनदेखि चारजनाको मृत्यु पनि भयो। यस्तो समस्या भएपछि स्थानीय अलि आक्रोषित भएका हुनसक्छन्।

यस्तो विषम परिस्थितिमा काम गर्ने स्वास्थ्यकर्मीमाथि दुव्र्यहार हुनु तथा अस्पताल तोडफोड नै हुनु निन्दनीय काम हो। कुनै व्यक्तिगत काम हामीले गरेको होइन। नागरिकका सेवाका लागि जुटिरहेका हौं।

सरकारी अस्पतालका आकस्मिक कक्ष र चिकित्सकका गाडी तोडफोड गर्ने, अस्पताल प्रमुखविरुद्ध मोसो दल्न प्रयास गर्न खालका प्रवृत्ति एकदमै निन्दनीय छ। केही गर्न सकिन्न भने प्रोत्साहन नगर्नुहोस्। तर, नचाहिने विरोध त नगर्नुहोस्। जसले गर्दा स्वास्थ्यकर्मीको मनोबल नै घटोस्।

सरकारी अस्पतालका स्वास्थ्यकर्मीले ज्यान जोखिममा राखेर सेवा सुचारू गरेका हुन्। दिनरात–घर परिवार नभनी आफ्नो ज्यानको बाजी लगाएर, आफू स्वास्थ्यकर्मी संक्रमित हुन्छु भन्ने मनमा हुँदाहुँदै अगाडि बढेको बेलामा दुव्र्यहार हुनुपर्दा मनमा कस्तो लाग्छ होला?

सरकारी अस्पतालका आकस्मिक कक्ष र चिकित्सकका गाडी तोडफोड गर्ने, अस्पताल प्रमुखविरुद्ध मोसो दल्न प्रयास गर्न खालका प्रवृत्ति एकदमै निन्दनीय छ।
केही गर्न सकिन्न भने प्रोत्साहन नगर्नुहोस्। तर, नचाहिने विरोध त नगर्नुहोस्। जसले गर्दा स्वास्थ्यकर्मीको मनोबल नै घटोस्।

मनोबल नै घटेपछि को काम गर्न तयार हुन्छन् र! यस्तो परिस्थितिमा काम गर्न सकिँदैन भनेर ३ सय स्वास्थ्यकर्मीले राजीनामा नै दिन्छाैं भनेर निवेदन दिएका छन्।
यस्तो परिस्थितिमा व्यवस्थापन गर्न गाह्रो भइरहेको छ। अस्पताल परिवारभित्र म पनि पर्छु। मेरो नामको विरुद्ध नाराबाजी लगाएका छन्।

मलाई नै कुटपिट–तथा मोसो दल्ने दल्ने सम्मको प्रयास हुँदै आएको छ। मेडिकल सुपरिन्टेन्डेन्ट त एउटा टिमको लिडर न हो।  मलाई जहाँसम्म लाग्छ कुनै व्यक्ति कहाँबाट असन्तुष्ट छन्, त्यस्ता व्यक्तिले कसैलाई उकासेर यस्तो प्रवृत्ति देखाएका हुनसक्छन्।

अहिलेको अवस्थामा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्नेमा, चिकित्सकमाथि भन्दा पनि यो त सम्पूर्ण अस्पतालमाथिको प्रहार हो। चिकित्सकको गाडीमा तोडफोड गर्नु, आकस्मिक कक्षमा गएर शिशा फुटाउनु, कर्मचारीलाई हातपात गर्नुजस्ता घटनाले अप्रिय अवस्था ल्याएको संकेत भइरहेको छ।

यस्तो घटना कहिले पनि नहोस्। स्वास्थ्यकर्मी यस्ता कुरा सम्झन चाहँन्नन्।

अहिले भयावह स्थितिसँग लडिरहेका छौं। तर स्वास्थ्यकर्मी  संस्थाकै विरुद्ध आवाज उठेका छन्। यस्ता कुराले अगाडि बढ्नलाई पक्कै पनि सहयोग गर्दैन।  आफ्नो घरपरिवार छोडेर, ज्यानको बाजी लगाएर सेवा गर्नुको पुरस्कार यही हो?

कसरी भयो घटना?
कोरोना संक्रमण तथा मृत्युदरका विषयलाई लिएर निजी संस्थाका केही व्यक्तिसँग हिजो छलफल गर्न बोलाएका थियौं। जुन छलफलमा नेपाल प्रहरीका एसपी पनि हुनुहुन्थ्यो। कुराकानी चलिरहेको थियो। एसपी साबलाई खबर आएपछि उहाँ कुदेर जानुभयो। हिजो दिउँसो स्थानीयको समूह आयो, जबरजस्ती अस्पताल भित्र छि¥यो, आकस्मिक कक्ष तोडफोड गरियो।

उहाँहरू नभएको भए हिजो घटनाको मोड अर्कै हुन सक्थ्यो।

अहिलेको संक्रमणकालीन अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी कसरी ज्यानको बाजी लगाएर, परिवारलाई त्यागेर अहोरात्र सर्वसाधारणको सेवामा खटिएका छन्, कसरी सेवा प्रवाह गर्न लागिपरिरहेका छन्, त्यसलाई सबैले बुझिदिनुपर्छ।

यो घटनाले हामीलाई सोच्न बाध्य बनाएको छ।  अस्थायी गण्डकी तथा नारायणी अस्पतालमा सबै बेड भरिएका छन्।

अहिले भयावह स्थितिसँग लडिरहेका छौं। तर स्वास्थ्यकर्मी  संस्थाकै विरुद्ध आवाज उठेका छन्। यस्ता कुराले अगाडि बढ्नलाई पक्कै पनि सहयोग गर्दैन।  आफ्नो घरपरिवार छोडेर, ज्यानको बाजी लगाएर सेवा गर्नुको पुरस्कार यही हो?

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसँगको कुराकानीमा आधारित)

 

2 thoughts on “परिवार छोडेर, ज्यान मायाँ मारेर सेवा गरेको पुरस्कार यही हो?

  1. स्वास्थ्य कर्मी र टिमको सेवालाइ नमन !
    तर बास्तवमा निजि अस्पतालको रबैया र शोषण चित्त बुझ्दो चाहि छैन है !

Leave a Reply to TARA KAFLE Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय