पर्सामा थप एक जनाको मृत्यु, चिकित्सकसहित २२ जनामा संक्रमण

पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्ज महानगर–१५ निवासी ४५ वर्षीया एक महिलाको आइतबार राति मृत्यु भएको हो।

योसँगै पर्सामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२ जना पुगेको छ। नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार मृतक महिलालाई उच्च रक्तचाप तथा स्वासप्रश्वासको समस्या थियो।

आइतबार राति नै पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डा. उपाध्यायका अनुसार संक्रमण पुष्टि हुनेमा छ जना महिला र १६ जना पुरुष छन्।

ती १ जना बारा जिल्लाका हुन्। त्यस्तै ४ जना जिल्ला प्रहरी छन्। त्यस्तै पोखरिया अस्पतालका एकजना डाक्टर पनि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय