भारतमा बढ्दो कोरोना कहर– एकै दिन १ हजारभन्दा धेरैको मृत्यु, ६२ हजार संक्रमित

भारतले कोरोना संक्रमित र मृतकको संख्यामा अमेरिका र ब्राजिललाई पछि छोडेको छ।

भारतमा एकैदिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने एक हजारभन्दा बढीको मृत्यु भएको छ।

भारतमा बितेको चौबिस घण्टामा ६२ हजार १ सय १७ जना नयाँ संक्रमित फेला परेका छन् भने १ हजार १३ जनाको मृत्यु भएको हो।

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ४ सय ६६ पुगेको छ भने २२ लाख १४ हजार १ सय ३६ जना संक्रमित छन्।

अमेरिकामा एकदिनमा कोरोना संक्रमणका कारण ५ सय ३४ जनाको मृत्यु भएको छ भने ४७ हजार ८ सय ४९ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा सोमबार बिहानसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार ६ सय १७ जना पुगेका छन्। संक्रमितको संख्या ५१ लाख ९९ हजार ४ सय ४४ जना रहेको छ।

त्यस्तै चौबिस घण्टामा ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ९३ रहेको छ। २२ हजार २ सय २३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

ब्राजिलमा हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख १ हजार १ सय ३६ पुगेको छ भने ३० लाख ३५ हजार ५ सय ८२ जना संक्रमित रहेका छन्।

मेक्सिकोमा एक दिनमा संक्रमणबाट ६ सय ९५ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ९५ जना नयाँ संक्रकमित थपिएका छन्।

मेक्सिकोमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ हजार ६ सय पुगेको छ भने ४ लाख ७५ हजार ९ सय २ जना संक्रमित रहेका छन्।

विश्वका विभिन्न देशमा एकैदिन २ लाख १९ हजार ५ सय ८५ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ७ सय ९८ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३३ हजार ६ सय ७ जना पुगेको छ भने २ करोड १६ हजार ५ सय ३४ जना संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय