कोहलपुरमा कोरोना संक्रमित बृद्धाको मृत्यु

हेल्थपोस्ट/नेपालगन्ज
प्रकाशित
२०७७ साउन २५ गते २०:३०

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो ३ बजे उपचारकै क्रममा कोहलपुर २ कि ७० वर्षिय महिलाको मृत्यु भएको अस्पतालका उपनिर्देशन डा. दिनेश श्रेष्ठले जानकारी दिए।

निमोनिया र प्रेसरको समस्या देखिएपछि ति महिलालाई श्रावण २३ गते अस्पताल भर्ना गरीएको थियो। उपचारकै क्रममा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएकी महिलाको उपचारकै क्रममा आइतबार दिउँसो मृत्यु भएको डा. श्रेष्ठले बताए। श्रेष्ठका अनुसार मृतक महिलाको सम्पर्कमा आएका डाक्टर, नर्स र सफाई कर्मचारी गरी ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव ब्यवस्थापनकालागि नेपाली सेनासँग समन्वय भएरहेकाले आजै शव ब्यवस्थापन गरीने डा. श्रेष्ठले जानकारी दिए।

यसअघि बाँकेकै बैजनाथकी एक महिला र नरैनापुरका एक पुरुषले कोरानाबाट ज्यान गुमाएका थिए। योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय