२७ प्रतिशत उपत्यकावासीको चिउँडोमा मास्क

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै जाँदा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड नपनाइएको अध्ययनले देखाएको छ। । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी) ले गरेको मास्कको प्रयोग,सामाजिक दुरी कायम नगरेको, सेनेट्राइजर तथा साबुनको प्रयोग सम्बन्धि एक अध्ययन गरेको थियो।

उक्त अध्ययनको प्रतिवेदनममा उपत्यकामा ७२. १ प्रतिशतले मात्र मास्कको प्रयोग गर्ने पाइएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले उपत्यकावासीले मास्कको प्रयोग सहि रुपमा प्रयोग नभएको बताए।

व्यक्तिगत तहमा ४ हजार ५०२ जनामा गरिएको सर्वेक्षणमा ७२.१ प्रतिशतले मास्कको सही प्रयोग गरेको र २७.१ प्रतिशतले नाक नछोप्ने गरि लगाएको, चिउँडो मुनि लगाएको, हातमा झुण्डाएर हिड्ने गरेको पाइएको छ।

उपत्यकामा २३ ठाउँमा रहेका मानिसमा सो अध्ययन गरिएको डा. ज्ञवालीले बताए।

उनका अनुसार संस्थागत तर्फ तरकारी बजार, शपीङमल, सरकारी र निजि अस्पताल, मालपोत, बैक,सार्वजनिक यातायात लगायतका स्थानमा सर्वेक्षण गरिएकाे थिथाे।

यसैगरी, ३१.२५ प्रतिशत स्थानमा मात्रै सामाजिक दुरी कायम गरेको पाइएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

६० प्रतिशत स्थानमा मात्रै साबुनपानीको व्यवस्था भएको तथा अस्पतालहरुको भान्छाघरमा सामाजिक दुरी कायम नभएको, ३० वटा सार्वजनिक यातायातमध्ये ५० प्रतिशत भन्दा कम यातायातमा मात्रै एउटा सिटमा एकजना मात्रै राखेको पाइएको ज्ञवालीले जानकारी दिए।

उक्त अनुसन्धान दुई दिन लगाएर गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय