एकै कार्यालयका ३० प्रहरीसहित बाँकेका ४६ जनामा कोरोना

बाँकेमा आइतबार ४६ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ। भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना भाइरस संक्रमण देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए।

पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि वडा प्रहरी कार्यालयका ६ जना प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा सिल गरिएको थियो। सिल गरिएको वडा प्रहरी कार्यालयका प्रहरी, थुनुवा र प्रहरीका परिवार गरि ८० जनाको स्वाब परीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय