नर्सिङ संघले भन्यो– नर्सहरुलाई जागिरबाट निकाल्ने काम बन्द गरियोस

कोरोना भाइरस( कोभिड १९)को महामारीको त्रासमा काममा खटिरहेका नर्सलाई जागरिबाट ननिकाल्न नर्सिङ संघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

विभिन्न निजि तथा सार्वजनिक स्वास्थ्य संस्थाबाट नर्सलाई जागिरबाट निकाल्ने तथा वेतलवी विदामा राख्ने तथा तलब–सुविधा कटौती गरेको गुनासो आउन थालेको संघले जनाएको छ।

आइतबार एक विज्ञप्ती जारी गर्दै संघले सम्बन्धित निकायलाई सो कार्य नगर्नेको लागि आग्रह गरेको हो।

‘अग्रस्थानमा रहेर संक्रमितको सेवामा रहेका नर्सहरु दिन–दिन संक्रमित हुने दर बढिरहेको छ, विज्ञिप्तीमा भनिएको छ,‘ स्वास्थ्यकर्मीमा संक्रमित कम गर्नको लागि पिपीई प्रयाप्त मात्रमा उपलब्ध गराइयोस।’

संक्रमणबाट बचाउनको लागि अस्पतालको व्यवस्थापक तथा सरोकारवाला निकायले सुरक्षा–साम्रगी उपलब्ध गराउन संघले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय