उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ हजार १३६ पुग्यो

काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले  आइतबार काठमाडौंमा मात्र ९० र ललितपुरमा २ जना संक्रमण देखिएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा काठमाडौंका ४४ जना, ललितपुरका १ जना , शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालमा काठमाडौंका १८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, पाटन अस्पतालमा काठमाडौंका ५ जना, स्टार अस्पताल प्रयोगशालामा काठमाडौंका १३, ललितपुरका १ जना, ह्याम्स हस्टिपल प्रयोगशालमा काठमाडौंका ८ जना, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका १ जना र विरेन्द्र अस्पताल प्रयोगशालमा काठमाडौं १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ। काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार देशभर ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए। आज थपिएका सहित नेपालमा कुल संक्रमित २२ हजार ९ सय ७२ पुगेको छ। हालसम्म कोरोनाबाट ७५ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय