आइतबार थप ३८० कोरोना संक्रमण, मृत्यु संख्या ७५ पुग्यो

आइतबार देशभर ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको बताए।

८ हजार ५ सय १५ जनाको  परीक्षण गरिएको मध्ये ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ।

आज ६ हजार ५ सय ५४ जना आइसोलेसनमा रहेका डा. गौतमले बताए। हाल ११ हजार ३८ जना क्वारेन्टाइनमा छन्।

आइतबार थप ४० जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन्। यो सहित १६ हजार ३ सय ५३ जना संक्रमण मुक्त भएका छन् । जुन कुल संक्रमित मध्ये निको हुने प्रतिशत ७१  हो।

कोरोना संक्रमणको कारणले ७५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्सी जिल्ला पोखरा महानगरपालिका–१९ बस्ने ६२ वर्षीय पुरुषको साउन २४ मा मृत्यु भएको हो।
उक्त पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा निधन भएको मन्त्रालयले जनाएको छ।उनी मधुमेह रोगी थिए। उनलाई साउन १७ गते कोभिड पृष्टि भई सोही दिन आइसियुमा भर्ना गरिएको थियो।

यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका– २ बस्ने २० वर्षीया एक महिलाको पनि साउन २४ गते निधन भएको हो। उनी  हाइपो–थाइरोडिजमकी बिरामी रहेकी थिइन।
उनलाई नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पु¥याइएपछि मृत घोषित गरिएको थियो।

मृत्यु पश्चात उनको स्वाबको नमुना परीक्षण गर्दा आज कोरोना पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय