भक्तपुरका २२ महिने बालकसहित एकै परिवारका तीन जनामा कोरोना पुष्टि

भक्तपुरका २२ महिने बालकमा कोरोना पुष्टि भएको छ। उनीसँगै आमा र बुवालाई पनि संक्रमण भएको छ।

भक्तपुर सुर्यविनायक नगरपालिका वडां ८ खापी निवासी यो एकजना प्रहरीको परिवार हो।

प्रहरी मुख्यालय नक्सालमा कार्यरत प्रहरी जावनलाई गत श्रवण १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि उनकाी २८ बर्षीय श्रीमती र २२ महिने बालकलाई समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए।

बालकको हात भाँचिएपछि उपचाको लागि भक्तपुरको भिसींखेलेमा रहेको सिद्धि स्मृती अस्पताल लगिएको थियो।

त्यहाँ उपचार हुन नसेपछि थप उपचाको लागि भक्तपुर सल्लाघारी स्थित डा.ईवामुरा अस्पताल लगिएको थियो। उपचार अघि स्वाव परीक्षणका लागि पठाएको रिर्पोटमा आमा र बालक दुवैमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिवार पुष्टि गरेको थियो।

संक्रमित आमा र बालक दुईलाई थप उपचारको लागि काठमाडौंको पुलिस अस्पताल लगिएको छ। प्रहरी जवानको भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको स्वस्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले बताए ।

संक्रमित बसोवास गर्ने सिपाडोल वडा नम्वर ८ खापी क्षेत्रमा सिल गरिएको वडाध्यक्ष किरण थापाले जानकारी दिएका छन्।

बालकको उपचारमा संलग्न ईवामुरा अस्पतालका १० कर्माचारी र ३ जना चिकित्सकलाई आइसोलेशनमा राखिएको अस्पतालका व्यवस्थपक रंजित मारिखुले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय