क्वारेनटाइनबाट मध्यरातमा स्वास्थ्यकर्मी निकालिएको घटनाको भर्त्सना

हेल्थपोस्ट नेपाल

साउन २५– कोरोना भाइरस डिजिज (कोभिड १९) उपचारमा सरिक पछि होटलमा क्वारेन्टाइनमा बसिरहेका धनुषाका सहकर्मीमाथि दुव्यवहार घटनाको नेपाल स्वास्थ्यकर्मी संघ धनुषाले विरोध गरेको छ । संघले चिकित्सक स्वास्थ्यकर्मीका लागि सुविधा, सुरक्षालगायतको मागसमेत अगाडी सारेको छ । ।

कोरोना उपचारमा संलग्न भएपछि मापदण्डअनुसार क्वारेन्टाइन/आइसोलेसनमा बसिरहेका धनुषास्थित जनकपुर प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीलाई होटलबार अमानवीय तरिकाले हटाइएको थियो ।

स्वास्थ्यकर्मी संघ धनुषाले घटना सार्वजनिक गर्दै दोसीमाथि कारवाही र स्वास्थ्यकर्मीका लागि उचित प्रवन्धको माग गरेको छ ।

घटनापपछि कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सेवा, सुविधार र सुरक्षाको व्यवस्था गर्न नेपाल स्वास्थ्यकर्मी संघ, जिल्ला समिति धनुषाले माग गरेको छ ।

संघले विज्ञाप्तिमार्फत् विभिन्न समयमा स्वास्थ्यकर्मीमाथि भएको दुव्यवहारको समेत भत्र्सना गरेको छ ।

संघले आफ्नो ज्यान तथा परिवारजनको कुनै प्रवाह नगरी अहोरात्र जीवन जोखिममा राखि कोराना विरामीहरुको उपचारमा खटिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई गरिएको र्दुव्यहारले दुःखी बनाएको जनाएको छ ।

अध्यक्ष रामगुलाम लाल कर्णद्धारा हस्ताक्षरित विज्ञिप्तिमा घटनाका कारण सम्पूर्ण स्वास्थ्यकर्मी निराश भएको उल्लेख छ ।

संघले विज्ञप्तिमा अस्पतालमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई चाहिने सबै सेवा उपलब्घ गराउन् पर्ने, खानपिन र बसोबासको व्यवस्था, साथै केहीगरी पीसीआर पोजेटिभ भएका सुविधा सम्पन्न आइसोशन कोठाको व्यवस्था गर्नसमेत माग गरेको छ ।

त्यसैगरी संक्रमिति रोकथाम तथा उपचारमा खट्ने चिकित्सक र स्वस्थ्यकमीलाई जोखिम भत्ता तुरुन्त उपलब्घ गराउन समेत संघले ध्यानाकर्षण गराएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *