अमेरिकामा कोरोना संक्रममितको संख्या ५० लाख नाघ्यो

विश्वभर १ करोड ९५ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिकामा कोरोना संक्रमित ५० लाख नाघेका छन्। कोरोना भाइरसबाट विश्वमा सबैभन्दा प्रभावित देश अमेरिका हो।
अहिलेसम्म यहाँ एक लाख ६२ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ।

अरु देशजस्तै यहाँको जनजीवन पनि कोरोना भाइरसका कारण निकै प्रभावित भइसकेको छ भने ठूलो संख्यामा मानिस बेरोजगार भएका छन्।

यसैबीचमा लाखौं बरोजगार अमेरिकीका लागि राहात प्याकेजसम्बन्धि एक कार्यकारी आदेशमा राष्ट्रपति डानाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्।

यसबाट बेरोजगारले भत्ता पाउनेछन्।

अमेरिकापछि ब्राजिलमा २९ लाख ६२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन्।
करिब एक लाखको मृत्यु भइसकेको छ।

ब्राजिलपछि भारतमा २१ लाख मानिस संक्रमित भएका छन्। १४ लाख २० हजारभन्दा धेरै संक्रमित निको पनि भइसकेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर लगातार बढिरहेको छ। यहाँ निको हुने दर ६९.३२ प्रतिशत छ भने मृत्यु दर २.०४ प्रतिशत छ।

अहिलेसम्म भारतमा ४३ हजार मानिसको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय