सरकारी चिकित्सक संघको अध्यक्षमा डा. खड्का विजयी

 

सरकारी चिकित्सक संघ (गोदान)को चोथौं कार्यलयको अध्यक्षमा डा. रविन खड्का विजयी भएका छन्।

खड्काले ४ सय ८० मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिस्पधी डा. समाज गौतमले २ सय ३७ मत ल्याएका छन्।

महासचिव पदमा डा. कीर्तिपाल सुवेदी विजयी ४सय ९ मतका साथ विजयी भएका छन् । उनको प्रतिस्पर्धामा उत्रिएका डा. विजय कुमार साहले ३ सय ६ मत प्राप्त गरेका छन् ।

यस्तै, बरिष्ठ उपाध्यक्षमा डा. विजय थापाले ४ सय ३९ मत प्राप्त ल्याउदै विजयी भएका छन्। उनको प्रतिस्पर्धामा रहेका डा. रामप्रसाद सापकोटाले २ सय ६८ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा डा. सुशील मोहन भट्टराई विजयी भएका छन् । डा. भट्टराईले ४सय ६६ मत प्राप्त गरेका छन्। उनको प्रतिस्पर्धामा रहेका डा. विप्लभ घिमिरेले २सय ४६ मत प्राप्त गरेका छन् ।

सचिव पदमा डा. रोशन भगद ४सय २८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी डा.विश्वनाथ अधिकारीले २सय ७३ मत प्राप्त गरेका छन्। । यसैगरी, कोषाध्यक्षमा डा सुधा साही ५ सय ३ मतका साथ विजयी भएकी छन् । उनको प्रतिस्पर्धी डा.झुमा सिलवालले २सय ५ मत मात्रै प्राप्त गरेकी छन् । निवाचित कार्यसमित मध्ये सबैभन्दा बढी ५ सय ३ मत डा. साहीले ल्याएकी छिन्।

सदस्यमा डा. अर्चना केसीले ४ सय ९५, डा. कपिल गौतमले ४सय ४९, डा. कुशल खनालले ३ सय ३३, डा. गौरव शाहले ४सय ३९, डा. प्रकास भट्टराईले ४ सय ७१, डा. विजय कुमार मेहताले ३ सय ९५, डा. विजय गुरुङले ४ सय ३२, डा. हेमा जोशीले ३ सय ८८ र डा. सुसन भट्टराईले ३ सय ३६ मत प्राप्त गरी विजयी भएका छन्।

७७६ जना मतदाता रहेका थिए। त्यसमध्ये ७२३ जना(९४) प्रतिशत मतदान खसेको गोदानले जनाएको छ।  निवाचित कार्यसमित कार्यकाल २ वर्षको हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय