काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा काठमाडौंका ५ र ललितपुरका ३, वीर अस्पतालमा काठमाडौंका १, त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९, स्टार अस्पताल सानेपामा काठमाडौंका १२, विद ल्याबमा काठमाडौंका २, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३ र काठमाडौंका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

शनिबार काठमाडौंका ५६, ललितपुर र भक्तपुरका ३–३ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको डा. गौतमले बताए।

आज थप भएका सहित काठमाडौंमा संक्रमितको संख्या ८२२, ललितपुरमा १३७ र भक्तपुरमा ८५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय