थप ३७८ जनामा कोरोना संक्रमण, मृत्यु हुने संख्या ७३ पुग्यो

शनिबार देशभर ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ।

आज ६ हजार २ सय ६ जना आइसोलेसनमा रहेका डा. गौतमले बताए। हाल १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा छन्। शनिबार ७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ।

शनिबार ४२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन्।

हालसम्म नेपालमा १६ हजार ३ सय १३ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोना संक्रमणको कारणले ७३ जनाको मृत्यु भएको छ।

संक्रमणबाट मृत्यु हुनेमा वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको रहेका छन्।

स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान १ बजे उनलाइ नारायणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान मात्र कोरोना पुष्टि भएको हो । ती व्यक्ति मधुमेह र दमका बिरामी थिए।

त्यसैगरी मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका वडा नं ९ का ५८ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । साउन २३ गते बिहान उनको कोशी अस्पतालमा मृत्यु भएको हो।

उक्त पुरुषमा निमोनिया भई श्वासप्रश्वासमा यसअघि सप्तकोशी अस्पतालमा उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई कोशी अस्पतालमा रिफर गरिएको थियो। उनी उच्च रक्तचापका बिरामी समेत थिए ।

काठमाडौं टोखाका ४१ वर्षीय महिलाको मृत्यु भएको छ । पाटन अस्पतालकाे आइसियुमा उपचाररत थिए। साउन २३ गते मृत्यु भएको डा. गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय